Bahra Mahina by Bipul Chettri

बाह्र महिनाको कमाइ
गर्दै बर्ष बितिजान्छ
बुढेसकालमा खानलाई
जोड्दै यौवन रित्तिजान्छ

हे, होइन र?
हे, होइन र?

महँगो छ यहाँ जमाना
पुराउन नै साह्रो छ
कामकाजबाट फुर्सद
पाउनै यहाँ गाह्रो छ

हे, होइन र?
माऱ्यो नि माऱ्यो, बाबा
हे, होइन र?

आधा गइसक्यो जोबन
तँदेरी छ जमान
आरामको जिन्दगी
बिताउन अझ नि पाएछैन

हे, होइन र?
माऱ्यो नि माऱ्यो, बाबा
हे, होइन र?

निठुरी यो जिन्दगीले माऱ्यो है
जिउन पनि कति गाह्रो भयो है
जति नै गरे नि यहाँ नहुने
जति नै भए नि यहाँ नपुग्ने
माऱ्यो नि है, बाबा

जति गरे नि यहाँ
उति अझ गर्न छ
अति भए नि यहाँ
कैले त चल्दिऊँ जस्तै लाग्छ सबै यो छाडेर

हे, होइन र?
माऱ्यो नि माऱ्यो, बाबा
हे, होइन र? (हे!)

बाह्र महिनाको कमाइ
गर्दै बर्ष बितिजान्छ
बुढेसकालमा खानलाई
जोड्दै यौवन रित्तिजान्छ

हे, होइन र?
माऱ्यो नि माऱ्यो, बाबा
हे, होइन र?

हे, होइन र?
माऱ्यो नि माऱ्यो, बाबा
हे, होइन र?

बाह्र महिनाको कमाइ
गर्दै बर्ष बितिजान्छ
बुढेसकालमा खानलाई
जोड्दै यौवन रित्तिजान्छ

हे, होइन र?
माऱ्यो नि माऱ्यो, बाबा
हे, होइन र?

हे, होइन र?
माऱ्यो नि माऱ्यो, बाबा
हे, होइन र?

Leave a Reply